अख्तियार प्रमुख राईको राजीनामा माग गर्दै जेन-जी आन्दोलित | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८२, शुक्रबार

अख्तियार प्रमुख राईको राजीनामा माग गर्दै जेन-जी आन्दोलित

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको राजीनामाको माग गर्दै जेन–जी युवाहरुले टंगालस्थित आयोगको कार्यालयमा प्रदर्शन गरेका छन् । प्रमुख आयुक्त राईसहित सबै आयुक्तहरुको निष्पक्षतामाथि प्रश्न उठाउँदै राजीनामाको माग गर्दै उनीहरुले मंगलवार विहान आयोगको कार्यालय परिसरमा प्रदर्शन गरेका हुन् ।

‘जेन–जी मुभमेन्ट अलायन्स’का युवाहरुले सोमबार साँझ नै इमेलमार्फत राजीनामा दिन माग गर्दै दबाबमुलक पत्र समेत आयोगमा पठाएका थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नियुक्त भएका संवैधानिक आयोगका ५२ पदाधिकारीहरुको नियुक्ति समेत खारेज हुनुपर्ने माग राख्दै आएका छन् ।

राजीनामाको मागसहित निवेदन दर्ता गराएपछि अलायन्सका युवा रिजन रानामगरले प्रमुख आयुक्त राईसहित सबै आयुक्तहरुले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताउनुभयो ।

अख्तियारमा दलका मान्छे नियुक्त गरिएको कारण भ्रष्टाचारको निष्पक्ष छानबिन हुनेमा शंका भएको कारण आयोगका पदाधिकारीहरु राजीनामा माग गरिएको उनीहरुको भनाइ छ । अख्तियारसहित केही कार्यालयहरुमा बिहानैदेखि सुरक्षा व्यवस्था चुस्त पारिएको छ।

Leave a Reply