दशैँ मनाउन काठमाडौंबाट गाउँ फर्किने क्रम जारी | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८२, मंगलबार

दशैँ मनाउन काठमाडौंबाट गाउँ फर्किने क्रम जारी

काठमाडाैं । नेपालीहरुको महान पर्व विजया दशमीमा दशैँको टीका लगाउन गाउँ फर्किने क्रम जारी छ । आज महाष्टमी पर्वका अवसरमा घर फर्किनेहरु सडकमा सवारीसाधन कुरेर बसेको देख्न सकिन्छ ।

आम नागरिकहरु गाउँ फर्किनका लागि सडकमा उभिएर बसेका छन् । यस वर्ष विजया दशमीको शुभ साईतको टीका असोज १६ गते परेको छ । जसकारण पनि काठमाडौं उपत्यकालाई कार्यथलो र अध्ययनस्थल बनाइ बसेकाहरु गाउँ फर्किने चाप छ ।

काठमाडौंको कोटेश्वर, जडिबुडी लगायत सडकहरुमा मानिसहरु गाडी कुरेर बसेका छन् । महानवमी अर्थात बुधबारसम्मै काठमाडौंबाट आफन्तजन र आफू भन्दा ठूलाबडाको हातबाट दशैँको टीका लगाउन र आशिर्वाद थाप्न जानेको संख्या उल्लेख्य हुने गर्दछ ।

Leave a Reply