काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेतृत्वमा रहनका लागि शीर्ष नेताहरुमा बहानाबाजी शुरु भइसकेको बताउनुभएको छ । जेन जी आन्दोलनको माग पुराना नेताहरुको नेतृत्व परिवर्तन रहेको भएपनि संकटको बेलामा नेतृत्वलाइ जोगाउनुपर्ने भनेर बहानाबाजी शुरु भइसकेको बताउनुभएको हो ।
उहाँले कार्यकताको भावना दोहन गरेर पुनः शक्तिमै बस्ने परिपाटी शुरु भइसकेको बताउनुभयो । मुलुकलाई आज यहाँ डुबाउने यिनीहरु नै हुन् भनेर समाजमा आक्रोश देखाएर असफल राष्ट्र बनाइन लागेको बताउनुभयो ।
अहिलेका नेताहरुबाट राजनीतिक दलहरु निर्वाचनमा नजाने स्पष्ट भइसकेको भन्दै निर्वाचन गराउन नसकेपछि मुलुक अर्कै दिशामा जाने अनुमान गर्नुभयो । उहाँले चुनावअघि नै संविधान संशोधन गर्नुपर्छ भन्ने शक्तिहरुले पनि खेल्ने क्रम जारी रहने र समाजका पुराना, परम्परा र राष्ट्रवादी भनिने शक्तिहरुले खेल्नसक्ने बताउनुभयो ।
महासचिव भुसालले मुलुक बहुपक्षीय द्वन्द्वमा फस्ने चेतावनी दिनुभयो ।





