काठमाडाैं । आज नवरात्रीको चौथो दिन । देवी कुष्माण्डाको पूजा आराधना गरिँदैछ । जमरा घरमा शक्तिस्वरुपा दुर्गा देवीको पूजा आराधना गर्ने गरिन्छ । साथै काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठहरुमा भक्तजनको भीड रहेको छ ।
पशुपतिनाथ मन्दिर परिसरमा रहेको देवी मन्दिरमा पनि भक्तजनहरु गएर पूजा गरिरहेका छन् । विधिवत रुपमा दशैँ शुरु भएको आज चौथो दिन भइसकेको छ । यस वर्ष असोजको १६ गते दशैँको टीका रहेको छ ।





