महाराजगञ्जमा प्रहरीको हत्या गर्ने थप अर्का आरोपी सिन्धुपाल्चोकका ओम पौडेल पक्राउ,कर्तव्य ज्यान मुद्दामा अनुसन्धान | ईमाउण्टेन समाचार

Our Network

माघ १९ २०८२, सोमबार

महाराजगञ्जमा प्रहरीको हत्या गर्ने थप अर्का आरोपी सिन्धुपाल्चोकका ओम पौडेल पक्राउ,कर्तव्य ज्यान मुद्दामा अनुसन्धान

काठमाडौ ।
जेनजी आन्दोलनको क्रममा प्रहरी वृत्त महाराजगञ्जका प्रहरी सहायक निरीक्षक मिलन रामको हत्या गरेको आरोपमा थप एक अर्का आरोपी पक्राउ परेका छन् ।काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिन्धुपाल्चोकका ओम पौडेललाई मंगलबार पक्राउ गरेको हो। किराना पसल सञ्चालक समेत रहेका पौडेलले आन्दोलनकारीलाई उस्काएर लाठीले हानेर असई रामको हत्या गराएका थिए।

यसअघि काभ्रेपलान्चोका २६ वर्षीय युवराज क्यापछाकी पक्राउ परेका थिए। दुवै जनालाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखेर प्रहरीले कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अगाडी बढाएको छ। सीसीटीभी र सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडिओका आधारमा प्रहरीले हत्यामा संलग्नहरुको पहिचान गरिसकेको छ।

आन्दोलनका क्रममा ३ जना प्रहरीको हत्या भएको थियो। ती मध्ये २ जना महाराजगनज वृत्तका प्रहरी हुन्। महाराजगञ्ज वृत्तमा असई मिलन राम र उत्तम थापालाई आन्दोलनकारीले कुटपिट गरेर हत्या गरेका थिए। अरु २२ जनालाई भित्रै थुनेर आगो लगाइदिए पनि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको थियो। उनीहरु पनि कुटपिटबाट घाइते भएका थिए।

प्रदर्शनमा उत्रिएका युवाले महाराजगन्जमा कार्यरत दुई प्रहरी मिलन राय र उत्तम थापामाथि कुटपिट गरी हत्या गरेका थिए ।घटनामा संलग्न अन्यको पनि खोजी जारी छ । प्रहरीले तस्बिर तथा भिडियोका आधारमा अनुसन्धान गरेर प्रदर्शनका क्रममा तोडफोड, आगजनी र लुटपाट गर्नेमाथि कारबाही थालेको छ ।यस्तै प्रहरीका हातहतियार लुटपाट गर्ने, पोषाक लुटपाट र आगजनी गर्नेहरुको पनि प्रहरीले खोजि गरिरहेको छ। आन्दोलनमा प्रहरीका एक हजार बढी हतियार लुटपाट भएका छन्।

Leave a Reply