डा. मिश्रको मन्त्री नियुक्ति रोक्न स्वास्थ्य सचिवदेखि न्याम्सका भीसीसम्म सक्रिय | ईमाउण्टेन समाचार

Our Network

माघ १९ २०८२, सोमबार

डा. मिश्रको मन्त्री नियुक्ति रोक्न स्वास्थ्य सचिवदेखि न्याम्सका भीसीसम्म सक्रिय

काठमाडौ ।
अन्तरिम सरकारको मन्त्रिपरिषद बिस्तारमा प्रधानमन्त्री सुशीला कार्कीले बिषयबिज्ञलाई मन्त्री बनाउने र काममा प्रभावकारिता देखाउने प्रयासमा देखिएकी छन् ।प्रधानमन्त्री कार्कीले शिक्षा क्षेत्रमा योगदान गरेका महावीर पुनलाई शिक्षामन्त्री, स्वास्थ्य क्षेत्रकी बिज्ञ डा. संगीता कौशल मिश्र र संचारका जगदिश खरेललाई बोलाएरै सरकारमा सहभागी हुन अनुरोध गरिन् । सोही अनुरोधका कारण डा. मिश्रले अतिरिक्त सचिव पदबाट आइतबारै राजीनामा दिइन् रआइतबार बसेको मन्त्रिपरिषदबैठकबाट उनको राजीनामा स्वीकृत भयो ।

राजीनामा स्वीकृतिपछि उनको नाम समेत स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्तिका लागि सिफारिस गरेर राष्ट्रपति कार्यालयमा पठाइएको छ। तर स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटा नै मिश्रलाई मन्त्रीबन्नबाट रोक्न सक्रिय भएर लागेका छन ।

यतिमात्र होइन, चिकित्सा विज्ञान स्वास्थ्य प्रतिष्ठान, बीर अस्पतालन्याम्सका उपकलुपति डा. भूपेन्द्र बस्नेतसमेत उनको नियुक्ति रोक्नका लागि सबै संयन्त्र प्रयोग गर्न अग्रसर भएको स्रोतले बताएको छ । आइतबारै उपकुलपति बस्नेतसहितको टोली प्रधानमन्त्री कार्यालयमै पुगेर मिश्रबाहेक जो मन्त्री बनाउँदा पनि हुने लबिङ गरी फर्र्किएको छ ।
राति अबेरसम्म सचिव देवकोटा, उपकुलपति, केही पूर्व कर्मचारीहरु, बिचौलियासहितको बैठक अनौपचारिक रुपमा पटक पटक बसी आर्थिक लगायत जुनसुकै तबरबाट संगीतालाई रोक्न सक्रिय भएर लागेका छन् ।

डा. संगीताकौशल मिश्र, ठैक्का नपाएपछि हालेको उजुरी राष्ट्रिय सतकर्ता केन्द्रले तामेलीमा राखेको पत्र

उनको बिगतको कामकारबाहीलाई लिएर अख्तियार र सतर्कतामा दर्ता गरिएका हुँदै नभएका र बनावटी उजुुरी मिडियामा सार्वजनिक गर्ने अभियान नै चलाएका छन् । स्वास्थ्य सेवा बिभागको महानिर्देशकको रुपमा रहँदा दर्जनौं तथ्यगत उजुरी हुँदा पनि बढुवाका लागि योग्य भएका डा. विकास देवकोटा र वीर अस्पतालको निर्देशक हुँदा धेरै भ्रष्टाचार गरेका प्रमाणहरुको बारेमा अख्तियार र सतर्कताबाट छानबिन भइरहँदा आफू भीसी हुन योग्य ठानेका डा. बस्नेतले इगो साँध्नकै लागि डा. मिश्रलाई मन्त्री हुनबाट रोक्न समूह नै परिचालन गरेको आरोप छ ।

आफ्नै अस्पतालको चमेनागृह संचालन समेत कीर्ते हस्ताक्षरका आधारमा दिएका बस्नेतले राष्ट्रिय सतर्कता केन्द्रले २ पटक उक्त चमेनागृहको ठेक्का खारेज गर्न निर्देशन दिएको भए पनि आफैंले अदालतमा मुद्दा हाल्न लगाई संचालन गर्न दिइरहेको आरोप छ ।

अस्पतालका औषधि र उपकरण खरिदमा ब्यापक भ्रष्टाचारको आरोप झेलिरहेका बस्नेत मिश्र मन्त्री भएर आएपछि पद जाने त्रासमा छन् ।
स्रोतका अनुसार नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलबिक्रम कार्कीदेखि लिएर निवर्तमान स्वास्थ्य मन्त्री प्रदीप पौडेलसमेत मिश्रलाई मन्त्री हुन नदिनका लागि सबै अस्त्र प्रयोग गरिरहेका छन् ।

Leave a Reply