काठमाडौ ।
नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्य प्रतितोला दुई लाख २१ हजार ७०० रुपैयाँ पुगेको हो । जुन मूल्य हालसम्मकै उच्च हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार मात्रै अघिल्लो दिनको तुलनामा सुनको मूल्य ३ हजार ९०० रुपैयाँ बढेको हो ।
अघिल्लो दिन सोही सुनको मूल्य प्रतितोला २ लाख १७ हजार ८०० रुपैयाँ थियो । आज कायम भएको सुनको मूल्य हालसम्मकै उच्च हो । उसो त सोमबार कायम भएको मूल्य पनि रेकर्ड नै थियो ।
यसैबिच चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार ६६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर २ हजार ६८० रुपैयाँ पुगेको हो ।
सुनको मूल्य हालसम्मकै उच्च ,प्रतितोला दुई लाख २१ हजार ७०० रुपैयाँ
ताजा समाचार
आयोगद्वारा उम्मेदवारका परिवारकाे बैंक खातामा निगरानी
२३ मिनेट अघि
खाद्य आयात–निर्यात तथा गुणस्तर नियमनमा कडाई
१ घन्टा अघि
अमेरिकासँगको वार्ता सकारात्मक : इरान
२ घन्टा अघि





