काठमाडौ ।
सिरहाको गोलबजार नगरपालिका १३ भेल्हा डंगराहाका १५ वर्षीय बालक अभिषेक सिंहको अपहरण पछि हत्या भएको छ।
बालकको अपहरण पश्चात् हत्या भएपछि हत्यामा संलग्न भएको आशंकामा सिराहा प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ ।
अभिषेक गत आइतबार राति ८ बजे बेपत्ता भएका थिए ।परिवारले रातभरि खोजतलास गर्दा पनि फेला नपरेपछि प्रहरीलाइ खबर गरिएको थियो। बालकको शव आज बिहान घरभन्दा केही पर आँप बगैंचामा शव फेला परेको हो।
हत्या गरिएका बालकका आफन्त र छरछिमेकसहित आठ जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको सिराहा प्रहरी स्रोतले जनाएको छ ।बालकको शव गाउँ नजिकै भेटिएका कारण उनका आफन्त वा छिमेकहरू कसैले अपहरण गरी हत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ ।
सोमबार बिहान करिब ८ बजे अभिषेकको मोबाइलबाट आमाको मोबाइलमा अपहरण भएको र फिरौती मागिएको म्यासज आएको थियो । यसबारे परिवारले प्रहरीमा खबर गरेका थिए ।
अपहरणकारीले हिन्दीमा पठाएको सन्देश यस्तो थियो
तुमहारा आदमी हमारे पास है । अगर तुमहरा आदमी सही सलामत चाहिए तो ५ करोड रुपैयाँ हामे ढो तब हम तुमहरा आदमी तुम्हे देङे । अगर नहि दिया तो मार के फेक दुङ्गागा । पुलिसके बताने कि कोशिश कि तो मार के फेक दुङ्गा । हमे २५ तारिक तक पैसा चाहिए नहितो मार ढुङ्गा । तुम्हारे गाउँ मे किसिको पता नहि चल्ना चाहिए । जान्कारी के लिए हम विहार से है । टेन्सन नहि लेना तुम्हरा आदमी सहि सलामत है । बस हमारी माग पुरी कर्दो, हम तुम्हरा आदमी वापस कर्दुङगा ।’




