केन्द्रीय समिति विघटन गरेर महाधिवेशन आयोजक समिति गठन गर्ने माओवादीको प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८२, बिहीबार

केन्द्रीय समिति विघटन गरेर महाधिवेशन आयोजक समिति गठन गर्ने माओवादीको प्रस्ताव

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)ले वर्तमान केन्द्रीय समिति विघटन गरेर महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव केन्द्रीय समितिमा लैजाने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो ।

अध्यक्ष पुष्पकमल दाहालकै संयोजकत्वमा आयोजक समिति बनाउने प्रस्ताव पदाधिकारी बैठले गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अुनसार उक्त प्रश्तावमाथि ९ असोजमा बस्ने केन्द्रीय समिति बैठकमा छपलफल हुनेछ । बैठकले मध्यावधि निर्वाचन घोषित मितिमै हुनुपर्ने भन्दै त्यसका लागि पार्टीले आवश्यक भुमिका खेल्ने निर्णय रगेको पनि बताउनुभयो । उहाँका अुनसार बैठकमा अध्यक्ष दाहालले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिबारे ब्रिफिङ गर्नुभएको थियो ।

बैठकले लोकतान्त्रिक र परिवर्तनका पक्षधर सबैलाई वर्तमान परिस्थितिका बारेमा एकतावद्ध भएर अघि बढ्न अपिल गर्ने निर्णय पनि गरेकाे छ ।

 

Leave a Reply