मुग्लिनकाे तुइन खोलामा पहिराे, यात्रु अलपत्र | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८२, बुधवार

मुग्लिनकाे तुइन खोलामा पहिराे, यात्रु अलपत्र

काठमाडाैं । मुग्लिन सडकखण्डको तुइन खोलामा ठूलो पहिरो खसेर एक सय मिटर सडक ढाकेको छ । सडक डिभिजन सडक कार्यालय चितवनका अनुसार रातभर पटक–पटक गरी खसेको पहिरोले करिब सय मिटर सडक ढाकेको हो ।

झण्डै सय मिटर माथिबाट झरेको पहिरोले सडक ढाकिँदा सवारी आवागमन पूर्णरुपमा अवरुद्ध छ । निरन्तर पहिरो खसिरहेकाले रातको समयमा पहिरो पन्छाउन नसकिएको र आज उज्यालो भएसँगै पहिरो पन्छाउने काम शुरु भएको डिभिजन सडक कार्यालय चितवने जनााएको छ ।

दुबैतर्फबाट एक–एक वटा लोडरले पहिरो पन्छाउने काम थालेका छन् ।

नारायणगढतर्फ सेती दोभान क्याम्पमा रहेको एउटा स्काभेटर पनि पठाइएको छ। पहिरो ठूलो भएको र ढुङ्गा झरिरहेकाले थप पहिरो नखसेमा सडक सफा गरेर सवारी सञ्चालन गर्न सकिने अनुमान गरिएको छ ।

पहिरोले सडक अवरुद्ध हुँदा शुक्रबार साँझदेखि नै यात्रुहरु सडकमा छन् । सवारी चल्न नसक्दा यात्रुहरू रातभर सडकमै बसेका छन् । पहिरो खसेको ठाउँ मुग्लिनबाट २ दशमलव ५ किलोमिटर नारायणगढतर्फ पर्छ ।

Leave a Reply