चिया बेचेरै क्यान्सर पीडितलाई तीन लाख | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८३, मंगलबार

चिया बेचेरै क्यान्सर पीडितलाई तीन लाख

tea

काठमाडौं, २५ माघ । चरिकोटस्थित सातदोबाटो चोकमा बिहान–बेलुकी बालबालिका हातमा कित्ली बोकेर स्थानीयलाई चिया खुवाउथे । मट्टीतेलको स्टोभमा पाकेको चिया प्लास्टिकको गिलासमा हालेर दिन थालेपछि स्थानीय के रहेछ भन्दै नजिक गएर बुझ्न खोज्थे ।बालबालिकाले विद्यार्थी साथी मदन केसीलाई ब्लड क्यान्सर भएकाले उनको उपचारमा सहयोग जुटाउन चिया बेच्न थालेको भनेर जानकारी दिन्थे ।

स्थानीय गौरीशंकर बोर्डिङ स्कुलका ५, ६ र ७ कक्षा पढ्ने विद्यार्थीले ब्लड क्यान्सर साथीको उपचारमा सहयोग गर्न थालेको अभियानलाई स्थानीयले साथ दिए । उनीहरू चिया पिउँथे र इच्छाअनुसारको रकम बक्सामा खसालेर जान्थे । त्यसरी चियाबेच्दा माघ १७ देखि २३ गतेसम्मको अवधिमा ३ लाख १२ हजार रकम संकलन भयो ।, यो खबर आजको कान्तिपुरमा छ ।