मेडिकल शिक्षामा अनियमितता : के-के गरे नीलमणिले ? | ईमाउण्टेन समाचार

Our Network

असार ११ २०८१, सोमबार

मेडिकल शिक्षामा अनियमितता : के-के गरे नीलमणिले ?

nilmani

काठमाडौं,२५ माघ । चिकित्सक शिक्षा जाँचबुझ आयोगले नेपाल मेडिकल काउन्सिलका पुर्वरजिस्ट्रार नीलमणि उपाध्यायमाथि पदको दुरुपयोग गरी सम्बन्धन तथा सिट निर्धारणमा चलखेल र अनियमितता भएको ठहर गरेको छ । पहिलो कार्याकाल विवादास्पद हुँदाहुँदै दोस्रोपटक काउन्सिलको रजिस्ट्रार बनेका उपाध्यायमाथि भ्रष्टाचारमा समेत छानविन गरी कारवाही गर्न आयोगले सिफारिस गरेको छ ।

जाँचबुझ आयोग भन्छ पुर्वरजिस्ट्रार उपध्यायलाई प्रशासनिक कारबाही गरेर मात्र पुग्दैन, भ्रष्टाचारमा छानविन गरी कारवाही गर्नुपर्छ । प्रतिवेदनमा उपाध्यायले एकै अवधिमा दुई सरकारी पदमा रही दोहोरो सुविधा लिएको भन्दै उनीमाथि भ्रष्टाचारमा समेत छानविन गरी कारवाही गर्न भनिएको छ । , आजको कान्तिपुरमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);