कारबाहीबाट बच्न गोपाल खड्काको यस्तो चलखेल | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८१, शुक्रबार

कारबाहीबाट बच्न गोपाल खड्काको यस्तो चलखेल

gopal khadaka

काठमाडौं,२५ माघ । इन्धन भण्डारणका लागि जग्गा खरिद गर्दा भ्रष्टाचार भएको प्रमाण भेटिएपछि त्यसमा संलग्न नेपाल आयल निगमका अधिकारीहरुले उन्मुक्ति पाउन चलखेल गर्न थालेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा निगमका कार्यकारी निर्देशक गोपाल खड्कालगायत अधिकारीले बिचौलियासँगको मिलेमतोमा करोडौं रुपैयाँ घोटाला गरेको भेटिएपछि कारबाहीबाट बच्न आयोगका अधिकारीलाई प्रभावित पार्ने प्रयास थालेको अख्तियार स्रोतले बताएको छ ।

आरोपित करिब तीन सय जनासँग बयान लिएर छानबिन निष्कर्षोन्मुख बनाएको अनुसन्धान टोलीले यसै साता अख्तियार प्रमुख दीप बस्न्यातलाई ब्रिफिङु गरेको थियो । कति बिगो दाबी गर्ने निष्कर्षमा नपुगेको भए पनि भ्रष्टाचारमा संलग्नलाई मुद्दा चलाउनुपर्ने राय अनुसन्धान टोलीले प्रमुख आयुक्तसमक्ष पेश गरेको छ ।

अनुसन्धान टोलीले प्रमुख आयुक्तसमक्ष यस्तो राय प्रस्ताव गरेका सूचना पाएपछि खड्काले मुद्दा नचलाईकन ‘तामेली’ मा राख्न सक्रियता बढाएका हुन् । उच्च राजनीतिक नेतृत्व, शक्ति दलाल समूह र आयोगकै आयुक्तसँग हिमचिम भएका खड्काले प्रमुख आयुक्त बस्न्यात र अर्का आयुक्त नवीन घिमिरेलाई प्रभावमा पार्ने प्रयास गरिरहेको अख्तियार स्रोतले बतायो ।

खड्काले विगतमा बस्न्यात नातामा सम्धी पर्ने बताउँदै आएका थिए। अख्तियारकै अर्का आयुक्त घिमिरेसँग पनि खड्काको ‘कनेक्सन’ छ । घिमिरेलाई आयुक्त बनाउन लबिङ गर्ने शक्ति समूहले पनि खड्कालाई बचाउन सक्रियता बढाएको छ। खड्काले कार्यकाल सकिएर यही माघ २९ गते अवकाश हुन लागेका प्रमुख आयुक्त बस्न्यातलाई प्रभावमा पारेर मुद्दा ‘तामेली’ मा राख्न अन्तिम प्रयास गरिरहेको स्रोतको दाबी छ। आजको नागरिक दैनिकमा खबर छ । 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);