काठमाडाैं, २४ माघ । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश नम्बर २ बाट निर्विरोध निर्वाचित भएको सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।
प्रदेश नम्बर २ मा ८ जना राष्ट्रियसभाका लागि निर्विरोध निर्वाचित भएका थिए । निर्वाचन आयोगले जनकपुरामा कार्यक्रम गरि उनीहरुलाई प्रमाणपत्र वितरण गरेको हो । प्रमाणपत्र लिएपछि सदस्यहरुले देशको आर्थिक समृद्धि र विकामा केन्द्रित भएर काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
प्रदेश २ बाट जितेन्द्रनारायण देव, मुक्ताकुमारी यादव, सुमनराज प्याकुरेल, रमेशप्रसाद यादव, वृषेशचन्द्र लाल, शशिकला दहाल, रामपृत पासवान र प्रमिला कुमारी निर्विरोध निर्वाचित हुनु भएको हो ।




