संघमा १५ मन्त्रालय रहने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

संघमा १५ मन्त्रालय रहने

pradesh sava

काठमाडौं,२५ माघ । सरकारले संघमा रहने १५ वटा मन्त्रालयको खाका तयार पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सहसचिव तथा प्रवक्ता डिल्लीराम शर्माले मन्त्रिपरिषदको बैठकले उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री कमल थापा संयोजक रहेको प्रशासनिक समितिले १५ वटा मन्त्रालय रहेको प्रतिवेदन पास गरेको बताए ।

समितिले पास गरेपछि क्याबिनेटमा जाने व्यवस्था छ ।मन्त्रिपरिषदमा ४ वटा विषयगत समिति रहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित, गृह, अर्थ, रक्षा, परराष्ट्रलगायतका मन्त्रालय यथावत रहेका छन् भने अन्य मन्त्रालयलाई कार्य विभाजन मिल्ने गरी समायोजन गरिएको शर्माले जानकारी दिए । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो खबर छापिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);