सिंहदरवार क्षेत्रमा पनि कर्फ्यू जारी | ईमाउण्टेन समाचार

Our Network

फागुन ८ २०८२, शनिबार

सिंहदरवार क्षेत्रमा पनि कर्फ्यू जारी

काठमाडाैं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेकाे कर्फ्यूलाई विस्तार गरेको छ । यसअघि नयाँबानेश्वर आसपासका क्षेत्रमा मात्र लगाएकाे कर्फ्यू  प्रशासनले विस्तार गरेकाे हाे ।

जिल्ला प्रशासन कार्यालयका अनुसार राष्ट्रपतिको कार्यालय शितल निवास, उपराष्ट्रपतिको कार्यालय लैनचौर, नारायणहिटी दरबार संग्रहालय र सिंहदरबार क्षेत्रमा कर्फ्यू लगाएको छ ।

साेमबार (आज) दिउँसो १ बजेदेखि राति १० बजेसम्म कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारीबाट जारी आदेशमा उल्लेख छ ।

Leave a Reply