काठमाडाैं । सुनचाँदीको भाउमा आइतबार पनि रेकर्ड बनेको छ । सुन आइतबार तोलामा एक हजार ६ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको दुई लाख १२ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
पछिल्लो साता सुनले लगातार कीर्तिमान बनाएको छ । शुक्रबार एकैदिन तोलामा दुई हजार पाँच सय रुपैयाँ बढेर सुन तोलाको दुई लाख दश हजार चार सय रुपैयाँ पुगेको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि अहिलेसम्मकै उच्च भएको छ । आइतबार चाँदी प्रतितोलामा दश रुपैयाँ बढेर तोलाको दुई हजार पाँच सय रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।
चाँदीको मूल्य शुक्रबार तोलाको दुई हजार चार सय ९० रुपैयाँ थियो ।





