सुनकाे मूल्य प्रतिताेला दुई लाख १२ हजार | ईमाउण्टेन समाचार

Our Network

असार २८ २०८३, सोमबार

सुनकाे मूल्य प्रतिताेला दुई लाख १२ हजार

काठमाडाैं । सुनचाँदीको भाउमा आइतबार पनि रेकर्ड बनेको छ ।  सुन आइतबार तोलामा एक हजार ६ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको दुई लाख १२ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

पछिल्लो साता सुनले लगातार कीर्तिमान बनाएको छ । शुक्रबार एकैदिन तोलामा दुई हजार पाँच सय रुपैयाँ बढेर सुन तोलाको दुई लाख दश हजार चार सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि अहिलेसम्मकै उच्च भएको छ ।  आइतबार चाँदी प्रतितोलामा दश रुपैयाँ बढेर तोलाको दुई हजार पाँच सय रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य शुक्रबार तोलाको दुई हजार चार सय ९० रुपैयाँ थियो ।

Leave a Reply

ताजा समाचार