मानव बेचबिखन तथा ओसारपसार रोक्न एकजुट बनाैँ | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८२, शनिबार

मानव बेचबिखन तथा ओसारपसार रोक्न एकजुट बनाैँ

काठमाडाैं । मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १९ औँ राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । शुक्रबार काठमाडौंका विभिन्न स्थानमा मानव बेचबिखनविरुद्धको ¥यालीसहित यो दिवस मनाइएको हो ।

यस वर्ष ‘तीनै तहका सरकार मिली गरौँ हातेमालो, मानव बेचबिखनको हटाऔँ दुष्चक्रको जालो’ नाराका साथ मानव बेचबिखन तथा ओसारपसारविरुद्धको दिवस मनाइँदैछ । मानव बेचबिखन तथा ओसारपसार रोक्न सबै एकजुट हुनुपर्ने माग गरिएको छ ।

र्यालीमा सहभागी हुँदै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मानव बेचबिखन एउटा नराम्रो काम भएको उल्लेख गर्नुहुँदै यसका विरुद्धमा हुने कार्यक्रमहरु सफल बनाउनुपर्ने बताउनुभयो ।

र्यालीमा सहभागीहरुले हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज, सबै सचेत र सजग रहौँ, दलाललाई कानूनी कठघरामा उभ्याऔँ, बेचबिखन अपराध हो सचेत रहौँ लगायतका प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका छन् ।

 

Leave a Reply