सामाजिक सञ्जाल बन्द हुँदा देश अस्तव्यस्त हुन्छ : माओवादी केन्द्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८३, शुक्रबार

सामाजिक सञ्जाल बन्द हुँदा देश अस्तव्यस्त हुन्छ : माओवादी केन्द्र

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले दर्ता हुन नआएको सामाजिक सञ्जालहरु बन्द गर्ने सरकारको निर्णय आपत्तिजनक रहेको बताउनुभएको छ । संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सरकारकाे निर्णयप्रति आपत्ति जनाउनुभएको हो ।

प्रमुख सचेतक पाण्डेले सामाजिक सञ्जालमाथि प्रतिवन्ध लगाउने सरकारकाे निर्णयप्रति माओवादी केन्द्रले विरोध गर्ने बताउनुभयो । सरकारले समयमा काम नगर्ने र सञ्चालन हुने वातावरण नमिलाएका कारण यो समस्या आएको जिकिर गर्नुभयो ।

नियमनको कुरा आवश्यक रहेको तर केके र कहाँ समस्या हो पहिचान गर्न जरुरी रहेको उहाँकाे भनाइ छ ।

प्रमुख सचेतक पाण्डेल सामाजिक सञ्जाल बन्द भयो भने देश अस्तव्यस्त हुने बताउनुभयो ।

Leave a Reply