सान्जेन र रसुवागढी जलविद्युत् आयोजनाले प्राथमिक सेयर निष्काशन गर्ने | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८१, बुधवार

सान्जेन र रसुवागढी जलविद्युत् आयोजनाले प्राथमिक सेयर निष्काशन गर्ने

ipo

काठमाडौं, २४ माघ । नेपाल विद्युत् प्राधिकरण र चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको मुख्य प्रवद्र्धकत्वमा रहेका सान्जेन र रसुवागढी जलविद्युत् आयोजनाले प्राथमिक सेयर निष्काशन गर्ने भएका छन् ।

नेपाल विद्युत् प्राधिकरणमा बुधबार पत्रकार सम्मेलन गरि दुवै कम्पनीले पहिलो चरण अन्र्तगत फागुन ११ गतेदेखि सेयर निष्काशन गरिने जानकारी गराएका हुन् ।

रसुवागढी जलविद्युत् आयोजना निर्माणका लागि गरिएको वित्तिय व्यवस्थापन अन्र्तगत सर्वसाधरण समुहका सेयरधनीका लागि छुट्याईएको ४९ प्रतिशत मध्ये पहिलो चरणमा कर्मचारी संञ्चयकोषका सञ्चयकर्ताका लागि १९ दशमलव ५ प्रतिशत र कम्पनीका संस्थापक संस्थाहरु – नेपाल विद्युत् प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी लिमिटेड र रसुवा जिल्लाका सम्बन्धित स्थानिय तहका कर्मचारीहरुका लागि ३ दशमलव ५ प्रतिशत सेयर निष्काशन गर्न लागिएको कम्पनीले जनाएको छ ।

रसुवागढी हाईड्रो कम्पनीमा कर्मचारी, संचय कोषका संचयकर्ताहरु र संस्थापक संस्थाका कर्मचारीहरुले न्यूनतम ५० कित्ता र सो भन्दा बढी १० अंकले भाग जाने संख्यामा अधिकतम ५ सयकित्ता सम्म आवेदन दिन सक्नेछन् । यसैगरी कर्मचारी संचय कोषका कर्मचारीहरुले न्युनतम ५० कित्ता र अधिकतचम २ हजार ५ सय कित्ता शेयर आवेदन दिन सक्नेछन् ।

त्यसैगरी सान्जेन जलविद्युत् कम्पनी लिमिटेडले पनि सञ्चयकर्ताहरुका लागि ७१ करोढ १७ लाख ५० हजार बराबरको सेयर, संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरुलाई १२ करोड ७७ लाख ५० हजार बराबरको सेयर र कर्मचारी संचय कोषका कर्मचारीका लागि ३ करोड ६५ लाख बराबरको सेयर छुट्याएको छ ।

दोस्रो चरणमा दुवै कम्पनीले चैत ५ देखि १३ गतेसम्म प्राथमिक शेयर निष्काशन गर्नेछन् । यसमा दुवै कम्पनीका संस्थापक संस्थाका कर्मचारी तथा ऋणदाता संस्थाका कर्मचारी र संचयकोषका कर्मचारीले आवेदन दिन पाउने छन् ।

पत्रकार सम्मेलनमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दुवै आयोजना कम्पनी मोडलमा संञ्चालन हुने भएकाले छिटै सर्वसाधरणका लागि पनि शेयर निष्कासन गरिने बताए ।

दुवै कम्पनीले सर्वसाधरणका लागि १५ प्रतिशत शेयर छुट्याएका छन् । माथिल्लो सान्जेनबाट अप्रिल २०१९ बाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । त्यसैगरी, रसुवागढी जलविद्युत् आयोजनाले २०७६ पुस १५ देखि विद्युत् उत्पादन गर्ने लक्ष राखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);