काठमाडाैं । संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभाबाट पनि पारित भएको छ । प्रतिनिधिसभाले पठाएको ६० दिनभित्र सन्देशसहित फिर्ता पठाउने अन्तिम दिन विधेयक राष्ट्रिय सभाबाट मंगलबार सर्वसम्म्तले पाारित भएको हो ।
कुलिङ पिरियडको प्रतिनिधिसभाको त्रुटि राष्ट्रियसभाले सच्याएको छ । निजामती विधेयक विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित पारित गरियोस् भनी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेकाे प्रस्ताव सर्वसम्मत पारित भएको राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गर्नुभयो ।
योसँगै निजामती सेवाका सहसचिव, सचिव र मुख्यसचिव (विशिष्ट र प्रथम श्रेणी)लाई दुई वर्षे कुलिङ अफ पिरियड लाग्ने
प्रावधान लागू हुनेछ। राष्ट्रिय सभाले राजदूत पनि बन्न नपाउने व्यवस्था स्पष्ट पारेको छ ।
संघीय निजामती सेवा वा अन्य सरकारी सेवाको राजपत्रांकित विशिष्ट वा प्रथम श्रेणीको पदबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले राजीनामा स्वीकृत भएको वा सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक, कूटनीतिक वा अन्य सरकारी पदमा नियुक्ति पाउने छैन,’ राष्ट्रिय सभाले व्यवस्था गरेको छ । राजपत्रांकित प्रथम श्रेणी (सहसचिवमा) १० प्रतिशत पदपूर्ति खुला प्रतिस्पर्धाबाट गर्नुपर्ने व्यवस्था पनि राष्ट्रिय सभाले गरेको छ । नायब सुब्बा (सहायक पाचौँ) मा पदपूर्तिको व्यवस्था पनि राष्ट्रिय सभाले उल्ट्याएको छ ।





