भूमि विधेयकमा विरोध गरेर बस्नु हुँदैनः सांसद भट्टराई | ईमाउण्टेन समाचार

Our Network

असोज २९ २०८३, शुक्रबार

भूमि विधेयकमा विरोध गरेर बस्नु हुँदैनः सांसद भट्टराई

काठमाडौं,

राष्ट्रिय सभा सदस्य गोपाल भट्टराईले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा विरोध गरेर बस्ने अवस्था नरहेको बताउनुभएको छ ।राष्ट्रिय सभामा मंगलवार विधेयकमाथिको छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भूमिहिन सुकुम्वासीहरुको व्यवस्थापन गर्ने भनेर राजनीतिक नारा लगाउने तर नियमन गरेर टुंगो लगाउने कुरामा कहिल्यै सहमत नहुने परिस्थितिको अन्त्य गर्न जरुरी रहेको बताउनु भयो । यो विधेयकले भूमिहिन सुकुम्वासीका समस्या समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो । विधेयकले भूमिहिन सुकुम्वासी, दलित लगायतहरुलाई एक पटक भूमिको मालिक बनाउने वा जग्गा उपलब्ध गराउने लक्ष्य बोकेको बताउनु भयो । सांसद भट्टराईले दलित र भूमिहिनहरुको समस्या पनि ज्युँकात्युँ रहेको बताउनु भयो । यि सबै समस्या समाधान गर्न विधेयक सक्षम हुने जिकिर गर्नुभयो ।

Leave a Reply

ताजा समाचार