भूमिसम्बन्धी विधेयक भूमाफिया, जग्गा दलालहरुका लागि ल्याइयोः सांसद साह | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८३, बुधवार

भूमिसम्बन्धी विधेयक भूमाफिया, जग्गा दलालहरुका लागि ल्याइयोः सांसद साह

काठमाडौं,

राष्ट्रिय सभा सदस्य मदनकुमारी साहले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक भूमाफिया, जग्गा दलालहरुका लागि ल्याइएको बताउनुभएको छ ।राष्ट्रिय सभाको बैठकमा विधेयकमाथि आफ्ना धारणा राख्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विधेयकमा अध्यादेशमा ल्याइएको कुराहरु भन्दा फरक नरहेको जिकिर गर्नुभयो ।

उहाँले भूमिहिन सुकुम्वासीको व्यवस्थापनका लागि ल्याइएको भन्ने सरकारको जिकिर रहेको भएपनि त्यसभित्रको प्रावधान भूमाफिया, जग्गा दलालहरुका लागि ल्याइएको आफूलाई महशुस भएको बताउनु भयो । सांसद साहले कानूनका खोलमा खेलिएको नीतिगत खेल भएको आफूलाई पनि लाग्ने गरेको बताउनु भयो ।

Leave a Reply