उपसभामुख इन्दिरा रानाः ‘आरोपहरू राजनीतिक षड्यन्त्र, मेरो काम बालसंरक्षणमा समर्पित’ | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८२, शुक्रबार

उपसभामुख इन्दिरा रानाः ‘आरोपहरू राजनीतिक षड्यन्त्र, मेरो काम बालसंरक्षणमा समर्पित’

काठमाडौँ,

प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले आफूमाथि लागेका मानव बेचबिखनका आरोपहरूलाई राजनीतिक षड्यन्त्रको संज्ञा दिँदै पूर्णरूपमा खारेज गर्नुभएको छ । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले संवैधानिक परिषद्मा नेपाली काँग्रेसको प्रतिनिधित्व नहुनु र आफ्नो विपक्षी भुमिकाका कारण यस्ता आरोपहरू लगाइएको बताउनु भयो । उहाँले यी आरोपहरूले आफूलाई विचलित नगर्ने र अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । नेकपा एमालेका सांसद योगेश भट्टराईले लगाउनुभएको ‘मानव बेचबिखन’को आरोपलाई उहाँले आधारहीन भएको बताउनु भयो । आरोपहरूको खण्डनका लागि बच्चाहरू र अभिभावकहरू नै मुख्य प्रमाण भएको उहाँले बताउनु भयो ।

उहाँले सरकारका गठबन्धन दलहरू काँग्रेस र एमालेले संवैधानिक परिषद्को नियुक्तिमा अप्ठ्यारो भएकाले आफूलाई हटाउन खोजेको दाबी गर्नुभयो । ‘मेरो राजीनामा माग्ने कुनै आधार छैन । मैले बालबेचबिखन रोक्न नै काम गरेकी हुँ’ उहाँले भन्नुभयो । उहाँले तत्कालीन पार्टी महामन्त्री मुकुल ढकाललाई जानकारी दिएको र तत्कालीन गृहमन्त्री रवि लामिछाने हुँदा गरिएको छानबिनमा केही नभेटिएको बताउनु भयो ।आरोपहरूको प्रहार आफूमाथि व्यक्ति, महिला, जनजाति वा हक्की स्वभावका कारण भएको हो कि भन्नेमा स्पष्टता नभएको बताउनु भयो । आफ्नो ३५ वर्षको बालसंरक्षण कार्यलाई कलंकित नबनाउन आग्रह गर्नुभयो ।

Leave a Reply