प्रधानमन्त्री ओलीले आज एससिओ प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्ने | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८२, शनिबार

प्रधानमन्त्री ओलीले आज एससिओ प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्ने

काठमाडाैं । चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज शांघाइ सहयोग संगठन एससिओ प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्दै हुनुहुन्छ ।

चीनको थियानजिनस्थित थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आइतबारदेखि शुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले आज सम्बोधन गर्नुहुने भएको हो ।

चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली यही भदौ १४ गतेदेखि पाँच दिने भ्रमणमा चीनमा हुनुहुन्छ । प्रधानमन्त्री ओली र विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखबीचको दुईपक्षीय भेटवार्ताको क्रम पनि जारी रहेको छ ।

आजै प्रधानमन्त्री ओलीले रुसी महासंघ राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जु, लाओस जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोनसँग भेटवार्ता गर्ने कार्यसूचि रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

Leave a Reply