एआईजी बढुवाका लागि सुरु भयो डीआईजीको दौडधुप,को होला सीआईबी र उपत्यका प्रहरी प्रमुख? | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८२, बिहीबार

एआईजी बढुवाका लागि सुरु भयो डीआईजीको दौडधुप,को होला सीआईबी र उपत्यका प्रहरी प्रमुख?

काठमाडौं ।
मन्त्रिपरिषद्ले भदौ १९ देखि लागु हुने आईजीपीमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख एआईजी चन्द्रकुबेर खापुङलाई संगठनको ३२ औँ महानिरीक्षक (आईजी )शुक्रबार नियुक्त गरिसकेको छ । ५६ वर्षे उमेरहदका कारण एआईजी कृष्णहरि शर्माले आइतबार अवकाश पाइसकेका छन । शर्माको अवकाशको चार दिनपछि भदौ १९ मा आईजीपी दीपक थापासहित एआईजीद्वय सुदीप गिरी र टेकबहादुर तामाङले पनि अवकाश पाउनेछन् ।

शर्मा, गिरी र तामाङ अवकाशमा गएपछि चारजना एआईजीको दरबन्दी रिक्त हुँदै छ । योसँगै एआईजी बढुवाका लागि डीआईजीहरूको दौडधुप पनि सुरु भएको छ । एआईजीका लागि नौ डीआईजी प्रतिस्पर्धामा छन् ।एआईजीको दौडमा रहेका सबै प्रदेश प्रहरीको कमान्ड सम्हालिरहेकाहरू छन् ।

एआईजीको बढुवाका लागि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी डम्बरबहादुर बिक, लुम्बिनी प्रदेश प्रहरी प्रमुख राजेन्द्र भट्ट, मधेस प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदी, कोसी प्रहरी प्रमुख ईश्वर कार्की, वाग्मती प्रदेश प्रमुख अरूण पौडेल, गण्डकी प्रदेश प्रमुख दिनेश आचार्य एआईजीको दौडमा छन् ।

यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत डीआईजी हिमालय श्रेष्ठ, प्रहरी प्रधान कार्यालयको प्रशासन विभागमा कार्यरत डीआईजी सुशील सिंह राठौर र डीआईजी गोविन्द थपलिया पनि बढुवाको लाइनमा छन्।सीआईबी प्रमुख खापुङले १९ गते गृह सचिवको हातबाट आईजीको फुली लगाएसँगै सीआईबी प्रमुख र अर्का एआईजी टेकबहादुर तामाङको अवकाससँगै काठमाडौं उपत्यका प्रहरी कार्यालयको प्रमुखको पोष्टिङ रिक्त हुँदैछन् ।

उपत्यका प्रहरी प्रमुख तामाङ र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक जिम्मेवारीमा रहेका एआईजी गिरीको अवकाश र सीआईबी प्रमुख खापुङको बढुवापछि उक्त युनिटको कमाण्ड रिक्त हुन्छ ।यसैगरिसीआईबीसँगै उपत्यका प्रहरी प्रमुख को हुने भन्ने जिज्ञासा पनि प्रहरी संगठनमा व्यापक बनेको छ । किनभने यसअघि जो–जो आईजी भए तीमध्ये कोही सीआईबी प्रमुखबाट त कोही उपत्यका प्रहरी प्रमुख हुँदै उक्त जिम्मेवारीमा पुगेका छन्।

भावी आईजी खापुङको अवकासपछि प्रहरीमा को आईजी बन्छ भन्ने अनुमानलाई सीआईबी प्रमुखको पोष्टिङले संकेत गर्ने प्रहरीबारे जानकार व्यक्तिहरुले आशंका गरेका छन। सिआइबी प्रमुखमा राजन अधिकारी र सिद्धीविक्रम शाहमध्ये एकजना हुने चर्चा छ । गृहमन्त्रीको रोजाइमा शाह छन् तर राजनलाई पठाउने प्रधानमन्त्रीले चाहेमा परिस्थिति फेरिन सक्छ ।तर बढुवा मिति र बढुवा वरियतामा दानबहादुर कार्की पहिलो नम्बरका हुन् ।

 

 

 

Leave a Reply