दशैँका लागि सुकिला नाेट भदाै २९ गतेदेखि साट्न पाइने | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८२, बिहीबार

दशैँका लागि सुकिला नाेट भदाै २९ गतेदेखि साट्न पाइने

काठमाडाैं । भदौ २९ गतेदेखि दशैँका लागि सुकिला नोट साट्न पाइनेछ । नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट साट्न पाइने जानकारी गराएको हो ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार विभागको थापाथलीस्थित कार्यालयका साथै प्रदेश कार्यालयहरू विराटनगर, जनकुपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट सहटी गर्न सकिनेछ ।

यस्तै, इजाजत प्राप्त क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुबाट सर्वसाधारणका साथै संघ/संस्थालाई कारोबारको समयमा नोट सटही हुनेछ । राष्ट्र बैंकले नयाँ नोट भने साट्न नपाइने यसअघि नै प्रष्ट पारेको थियो ।

यस वर्ष विजया दशमी असोजको १६ गते परेको छ । घटस्थापना ६ गते परेको छ भने फूलपाती १३ गते छ । दशैँ पर्व घटस्थापनादेखि नै शुरु हुन्छ ।

Leave a Reply