काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली शाङ्घाई सहयोग संगठन ९एससिओ० को शिखर सम्मेलनमा भाग लिन जनवादी गणतन्त्र चीन प्रस्थान गर्नुभएको छ । शनिबार बिहान त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै प्रधानमन्त्री ओली चीन प्रस्थान गर्नुभएको हो ।
पछिल्लो पटक प्रधानमन्त्री भएपछि चीन भ्रमण गर्नुभएको यो दोस्रो पटक पनि हो । चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणमा गएका प्रधानमन्त्री ओली १८ गते बुधबारसम्म चीनमा रहनुहुनेछ ।
शांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिने कार्यक्रम छ ।
भ्रमण टोलीमा श्रीमती राधिका शाक्य, शिक्षामन्त्री रघुजी पन्त, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, काँग्रेस उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा युवराज खतिवडा, सांसद छविलाल विश्वकर्मासहितका उच्च अधिकृतहरू रहेका छन् ।
एससीओ सम्मेलन भदाै १५ र १६ मा उत्तरी चीनको तियान्जिनमा आयोजना हुँदैछ । त्यसको उद्घाटन चिनियाँ राष्ट्रपति सीले गर्नुहुनेछ ।





