वर्तमान सरकारभन्दा अर्को स्थिर सरकार बन्नै सक्दैन : अर्थमन्त्री | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८२, शुक्रबार

वर्तमान सरकारभन्दा अर्को स्थिर सरकार बन्नै सक्दैन : अर्थमन्त्री

काठमाडाैं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले २०८४ सम्म वर्तमान सरकार भन्दा अर्को स्थिर शक्तिशाली सरकार बन्न नसक्ने बताउनुभएको छ । काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वर्तमान सरकार एमाले र नेपाली काँग्रेस मिलेर बनेको शक्तिशाली सरकार भएकाले २०८४ सम्म अर्को सरकारको परिकल्पना नै गर्न नसकिने बताउनुभएको हो ।

उहाँका अनुसार वर्तमान सरकारले बजेट विनियोजनदेखि प्राथमितामा देखिएको विकृतिलाई निर्मम रुपमा सुधारेको छ । मुलुकमा अहिले स्थिर सरकार भएकै कारण कानूनी सुधार गरिएको र लगानीकर्तामा समेत मनोबल बढेको पौडेलको भनाइ छ ।

उहाँले सरकारले योजना बनाउँदा प्राथमिकतालाई आधार मान्ने बताउनुभयो । उहाँकाअनुसार योजना आयोगले योजना बनाइदिएपछि त्यो योजना ठिकठाक हुन्छ भन्ने ठान्नु हुँदैन । योजना निर्माण गर्दा प्राथमिकतामा आधारित छ वा छैन त्यसमा ख्याल गर्नुपर्ने उहाँको भनाइ छ ।

उहाँले अहिले योजना निर्माण र विनियोजनमा गम्भीर समस्या समेत रहेको बताउनु भयो । त्यो समस्याबाट बाहिर निस्कनका लागि प्रयास भइरहेको उहाँको भनाइ छ ।

चालु आ.व.को बजेट ल्याउँदा योजना बैंकबाट बाहिर रहेर बजेट नल्याइएको उहाँले दाबी गर्नुभयो ।

Leave a Reply