उखु किसानहरुको आन्दोलनलाई पूर्वप्रधानमन्त्री भट्टराईकाे समर्थन | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८२, शुक्रबार

उखु किसानहरुको आन्दोलनलाई पूर्वप्रधानमन्त्री भट्टराईकाे समर्थन

काठमाडाैं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले आन्दोलनरत उखु किसानहरुको आन्दोलनलाई समर्थन जनाउनुभएको छ । मंगलबार काठमाडौंको माइतीघर मण्डलामा पुगेर उहाँले उखु किसानका मागहरु जायज रहेको भन्दै समर्थन जनाउनुभएको हो ।

उहाँले उखु किसानलाई दिने भनिएको अनुदान सरकारले एकलाैटी निर्णयबाट कटौती गरेको भन्दै सरकारको आलोचना गर्नुभयो । उहाँले उखु किसानलाई दिने भनिएको अनुदान घटाएको तथा घटाएको अनुदान मूल्य समेत समयमै उपलब्ध नगराएर सरकारले किसानहरुमाथि अन्याय र ठगी गरेको आरोप लगाउनुभयो । उहाँले आन्दोलनरत किसानहरुलाई आफ्ना जायज मागहरुप्रति एकताबद्ध भएर अडिग रहन समेत आग्रह गर्नुभयो ।

मधेश प्रदेशसहित देशभरका उखु किसानहरुले सरकारले तोकेको प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान कायम गर्न तथा वक्यौता रकम भुक्तानी गर्न माग गर्दै आन्दोलन गर्दै आएका छन् । आर्थिक वर्ष २०८१/०८२ को उखुको भुक्तानी रकम माग गर्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

Leave a Reply