बीमा प्राधिकरणका अध्यक्ष ओझालाई पदमुक्त गर्ने मन्त्रिपरिषदको निर्णय | ईमाउण्टेन समाचार

Our Network

असोज २४ २०८३, आइतबार

बीमा प्राधिकरणका अध्यक्ष ओझालाई पदमुक्त गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त भएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको हो।ओझाको नियुक्ति विवादित भएपछि असार ३० गते मन्त्रिपरिषद्ले उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा छानबिन समिति बनाएको थियो ।

ओझा त्यही दिनबाट पदबाट निलम्बित भएका थिए ।समितिले उनीसँग प्राधिकरणको अध्यक्ष बन्ने योग्यता नरहेको र फर्जी कागजात बुझाएर नियुक्ति लिएको निष्कर्षसहितको प्रतिवेदन दिएको थियो । यसअघि गएको फागुन १२ गते मन्त्रिपरिषद बैठकले ओझालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो ।

Leave a Reply