काठमाडौँ ।
१५ लाख २३ हजार बोरा रासायनिक मल भारतको कोलकता बन्दरगाहमा प्राप्त भइसकेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले जनाएको छ ।
त्यो मल नेपालस्थित कर्पोरेशनका गोदाममा ल्याउने काम भइरहेको कर्पोरेशनले जनाएको हो ।
साल्ट ट्रेडिङ कर्पोरेशनले हालै चार लाख ४० हजार बोरा युरिया र दश लाख ८३ हजार बोरा डीएपी गरी कुल १५ लाख २३ हजार बोरा रासायनिक मल आयात गरेको थियो ।गोदाममा आइरहेको मल कोटा वितरणका लागि प्रदेश सरकारलाई पत्राचार गरिसकेको र प्रदेश सरकारबाट पालिकालाई कोटा वितरण भइसकेको जानकारी प्राप्त भएको पनि कर्पोरेशनले जानकारी दिएको छ ।
रासायनिक मलको अभाव भएको किसानको गुनासोपछि मल खरिदको जिम्मेवारी प्राप्त निकायमध्ये एक साल्ट ट्रेडिङले विज्ञप्तीमार्फत पछिल्लो जानकारी सार्वजनिक गरेको हो ।विज्ञप्तिमा कर्पोरेशनको मल बिक्रेताका रूपमा दर्ता भएका सम्पूर्ण डिलरलाई आफ्नो पालिका तथा कर्पोरेशनको सम्बन्धित कार्यालयसँग समन्वय गरी कोटाअनुसारको मल बिक्री वितरण गर्न अनुरोध समेत गरिएको छ ।




