सरकारी अनुदान र अवैध भारतीय मल कालोबजारी गर्ने पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सरकारी अनुदान र अवैध भारतीय मल कालोबजारी गर्ने पक्राउ

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले रासायनिक मलको कालोबजारी गर्ने एक व्यापारीलाई पक्राउ गरेको छ । कपिलवस्तु नगरपालिका–३ का ४६ वर्षीय रामचन्द्र केवटलाई अवैध मलसहित पक्राउ गरेको हो । केवटको घरबाट बिक्री गर्न राखिएको सरकारी अनुदान र अवैध रूपमा नेपाल भित्रीएका भारतीय रासायनिक मलखाद बरामद गरेको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए ।

केवटबाट चोरीनिकासी गरी ल्याएको भारतीय कम्पनीका ४७ बोरा डीएपी, २८ बोरा यूरिया, पोटास एक किलो तौलका २० प्याकेट मल बरामद भएको छ । यसैगरी, किसानलाई अनुदान दिन ल्याएको ६१ बोरा डीएपी पनि बरामद भएको छ । मलको कालोबजारी भएको सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताएका छन् । बरामद मलको मूल्य अन्दाजी दुई लाख ७४ हजार चार सय ५० रुपैयाँ बराबरको छ । बरामद मल खाद र पक्राउ परेका रामचन्द्र केवटलाई कारवाहीको लागि सुठौली भन्सार कार्यालय कपिलवस्तुमा पठाइएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);