एजेन्सी । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले गत २४ घण्टामा पाकिस्तानभर एक सय ९४ जनाको मृत्यु भएको बताएको छ । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले यसबारे जानकारी दिएको हो ।
उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ । जसमा एक सय ८० जनाको मृत्यु भएको छ । त्यसपछि पाकिस्तान नियन्त्रित कश्मीरमा नौ जनाको मृत्यु भएको छ भने उत्तरी गिलगिट–बाल्टिस्तान क्षेत्रमा पाँच जनाको मृत्यु भएको छ।
अधिकारीहरूले उत्तरी र उत्तरपश्चिमी क्षेत्रहरूमा भारी मनसुनी वर्षाका कारण भएको बाढी, पहिरो र घर भत्किँदा मृत्यु भएको बताएका छन् । गिर्बीट सरकारका प्रवक्ता फैजुल्लाह फाराकले अचानक आएको बाढीले सडक, पुल, घर, विद्यालय, पानी ट्याङ्की र कृषि जमिनमा पनि क्षति पुर्याएको बताउनुभयो ।
अधिकारीले भने कि धेरै व्यक्तिहरू बेपत्ता छन् । उद्धार टोलीहरूले चुनौतीपूर्ण अवस्थाको बावजुद खोजी कार्य सञ्चालन गरिरहेका छन् । जुनको अन्त्यदेखि, मौसमी वर्षाले पाकिस्तानमा देशभर पाँच सय भन्दा बढीको ज्यान लिएको आधिकारिक तथ्याङ्कले देखाएको छ ।





