'सामाजिक सञ्जाल र इन्टेलिजेन्स विधेयकप्रति काँग्रेसको विमति' | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८२, बिहीबार

‘सामाजिक सञ्जाल र इन्टेलिजेन्स विधेयकप्रति काँग्रेसको विमति’

काठमाडाैं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले ल्याएको सामाजिक सञ्जालसम्बन्धी विधेयकप्रति पार्टीको स्पष्ट विमति रहेको बताउनु भएको छ । बिहीबार पार्टी कार्यालय सानेपामा काँग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आयोजित ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यस्तो बताउनुभएको हो।

व्यक्तिगत अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने कुनैपनि कानूनी प्रावधानको आफ्नो पार्टीले विरोध गर्ने उहाँको भनाइ छ । शर्माले इन्टेलिजेन्ससम्बन्धी प्रस्तावित विधेयकप्रति पनि चिन्ता व्यक्त गर्नुभयो । उहाँले दुई व्यक्तिबीचको टेलिफोन वार्ता समेत सुन्न सक्ने खालको कानून आउन लागेको भन्दै त्यसको संभावित दुरुपयोगप्रति गम्भीर प्रश्न उठाउनुभयो ।

उहाँले प्रविधि र सञ्चारको माध्यमबाट समाजमा आशा र सकारात्मकता फैलाउनुपर्ने धारणा राख्नुभयो । उहाँले सरकार रहँदा समेत सरकारले गर्ने हरेक गलत कामको संसद र संसदबाहिरबाट विरोध गर्ने समेत बताउनुभयो । काँग्रेसले चुनाव जित्नेगरी नभई समाजमा फैलाइएको भ्रमलाई चिरेर जाने कुरा काँग्रेसको प्राथमिकतामा रहनुपर्ने उहाँको भनाइ छ ।

उहाँले सूचना र प्रविधिको बढ्दो दुरुपयोग रोक्नुपर्ने आवश्यकता औंल्याउँदै त्यसका लागि सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply