इजरायली आक्रमणमा परी गाजामा ६ जना पत्रकार मारिएको घटनाप्रति राष्ट्रसङ्घको कडा आपत्ति | ईमाउण्टेन समाचार

Our Network

फागुन ८ २०८२, शनिबार

इजरायली आक्रमणमा परी गाजामा ६ जना पत्रकार मारिएको घटनाप्रति राष्ट्रसङ्घको कडा आपत्ति

काठमाडौँ ।
इजरायली आक्रमणमा गाजामा ६ पत्रकारहरू मारिएको घटनाको राष्ट्र संघलगायत अन्तर्राष्ट्रिय समुदायले भत्र्सना गरेका छन् ।
राष्ट्रसंघ मानवअधिकार कार्यालयले पत्रकारमाथि भएको आक्रमणको निन्दा गर्दै घटनालाई अन्तर्राष्ट्रिय मानविय कानुनको गम्भीर उल्लंघन भनेको छ ।

पत्रकारसहित सबै नागरिकको सुरक्षा गर्न पनि राष्ट्रसंघले इजरायललाई आग्रह गरेको छ ।इजरायलले गाजामा गरेको हवाई आक्रमणमा अल–जजिराका ५ र एक स्वतन्त्र गरी ६ पत्रकार मारिएका हुन् । मारिएकामध्ये अल जजिराका २८ वर्षीय संवाददाता अनस अल–शरीफ हमासको एक सेलको नेतृत्व गर्दै आएको इजरायली सेनाले दाबी गरेको छ ।

तर इजरायलले दाबी गरेका प्रमाण निकै कमजोर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अल–जजिराले यो घटना प्रेस स्वतन्त्रतामाथिको पूर्वनियोजित आक्रमण भएको टिप्पणी गरेको छ । यस्तै बेलायती प्रधानमन्त्री केइर स्टार्मरले पत्रकार हत्याको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै स्वतन्त्र छानबिनको माग गर्नुभएको छ ।

मारिएका पत्रकारहरू सबैको सोमबार नै अन्त्येष्टि गरिएको छ । अक्टोबर २०२३ मा इजरायली सैन्य कारबाही सुरू भएयता गाजामा १ सय ८६ भन्दा बढी पत्रकारको ज्यान गइसकेको छ । इजरायली अवरोधका कारण अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरू गाजाभित्र पुगेर स्वतन्त्र रूपमा रिपोर्टिङ गर्न पाएका छैनन् । ०००

Leave a Reply