काठमाडाैं । देशभर हालसम्म ९१ प्रतिशत धान रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कुल १३ लाख ७८ हजार ९ सय ६६ हेक्टर क्षेत्रफलमध्ये अहिलेसम्म १२ लाख ५४ हजार ८ सय ८६ हेक्टरमा रोपाइँ भएको हो ।
यो गत वर्षको यही समयको तुलनामा झन्डै ७.१९ प्रतिशत कम हो ।
प्रतिशतका हिसाबले सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ९९.७२ प्रतिशत रोपाइँ भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा ९८.०४ प्रतिशत लुम्बिनीमा ९८.०७ प्रतिशत रोपाइँ भइसकेको छ ।
यस्तै गण्डकी प्रदेशमा ९२.७७ र बागमतीमा ९३.५६ प्रतिशत रोपाइँ भएको छ ।
यसैगरी, मधेश प्रदेशमा सबैभन्दा कम ७६.५४ र कोशी प्रदेशमा ८०.३९ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष यही अवधिमा ९८.१९ प्रतिशत रोपाइँ सकिएको तथ्यांक छ । मधेश सुक्खाग्रस्त भइ समयमै धान रोप्न नसकिएका कारण उत्पादन घट्ने अनुमान गरिएको छ ।
यसवर्ष मधेशमा बढीमा ८० प्रतिशतसम्म रोपाइँ हुने अनुमान गरिएको छ





