माओवादीको ‘छुट्टै अस्तित्व नभएको होकी’ जस्तो देखियाे : उपाध्यक्ष सापकोटा | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८२, शुक्रबार

माओवादीको ‘छुट्टै अस्तित्व नभएको होकी’ जस्तो देखियाे : उपाध्यक्ष सापकोटा

काठमाडाै‌ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले माओवादी केन्द्रले २०८४ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा एकल बहुमत ल्याउने दाबी गर्नुभएको छ । बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पार्टीको हालै सकिएको स्थायी कमिटी बैठकले पार्टीलाई नयाँ उर्जा दिएको बताउनुभयो ।

हाल माओवादी पार्टीका जनवर्गीय संगठन, विभिन्न मुक्तीमोर्चाहरु असाधारण तरिकाले पार्टी निर्माणमा लागेकले २०८४ सालमा माओवादी केन्द्रको स्पष्ट बहुुमत आउने उहाँको दाबी छ । पार्टीले सञ्चालन गरेको हुलाकी राजमार्ग अभियान, मध्यपहाडी लोकमार्ग अभियानले माओवादीलाई जनतासँग जोड्न सफल भएको उहाँकाे भनाइ छ।

माओवादी पार्टी केही समय रुमल्लिए जस्स्तो, अल्मलिएजस्तो देखिएपनि अब यसले गति लिएको उहाँले बताउनुभयाे । उहाँले कहिले एमाले, कहिले काँग्रेससँग मिल्ने हुँदा माओवादीको ‘छुट्टै अस्तित्व नभएको होकी’ जस्तो देखिँदा जनता, शहीद तथा बेपत्ता परिवार पार्टीसँग केही टाढा भएकोले पार्टी बीचमा केही कमजोरी भएको स्वीकार गर्नुभयो ।

पार्टीको वर्ग दृष्टिकोण भुत्ते, धुमिल भएको कारण पार्टी शहीद परिवारप्रति उदासिनता भएको, जति ध्यान दिनुपर्ने त्यति ध्यान दिन नसकेको, जनतालाई पनि अलि बेवास्ता भएको जस्तो भएको उहाँको भनाइ छ ।

वर्गीय सम्बन्ध जुुन स्तरमा गाढा, घनिष्ट हुनुपर्ने थियो, त्यो नहुँदा पार्टीप्रति शहिद, वेपत्ता परिवारका गुनासाहरु, चित्त दुखाईहरु पनि देखिएको उहाँले स्वीकार गर्नुभयाे । उहाँका अनुसार त्यसले माओवादी पार्टीलाई केही कमजोर बनाएको छ । पार्टीले २०८४ सालमा एकल बहुमत हाँसिल गर्नको लागी समाजवादी क्रान्तीको रुपरेखा र मागचित्र स्पष्ट पारेको उहाँले बताउनुभयो । २०८१ साल पुस २१ देखि २३ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकले समाजवादी क्रान्तीको रुपरेखा, मागचित्रलाई प्रष्ट पारेको उहाँको भनाई छ । रुपान्तरण शुद्धिकरणका लागी पार्टीले विगतमा भएका कमी कमजोरीको आत्मासमिक्षा गरेर अगाडी बढेको उहाँले बताउनुभयो ।

दर्शन, विचार, दृष्टिकोण, रणनिति, कार्यनीति, कार्ययोजना, योजना, कार्यक्रम लागू गर्ने संकल्पका साथ पार्टीले केही समय अघि हुलाकीमार्ग केन्द्रित अभियान चलाएको उहाँले जानकारी दिनुभयो । उक्त अभियान आफूहरु जनताको भित्रि तहसम्म पुगेर उनीहरुको समस्याका बारेमा अध्ययन गर्ने मौका लिएको बताउनुभयो । महेन्द्रनगरबाट पोखरासम्म मध्यपहाडी लोकमार्ग अभियानले पार्टीको जनसम्बन्धलाई झनै सुदृढीकरण बनाएको उहाँको दाबी छ ।

उहाँले स्ववियु निर्वाचन, नेपाल पत्रकार महासंघ, २०७९ सालमा भएको स्थानिय तहको निर्वाचनको नतिजा प्रस्तुत गर्दै पार्टीले एकल बहुमत ल्याउने बताउनुभयो । काँग्रेस एमाले जस्ता ठूला दल मिल्दा पनि स्ववियु, पत्रकार महासंघ र अन्य संघसंगठको निर्वाचनमा पार्टीले उत्कृष्ट नतिजा हाँसिल गरेको उहाँको भनाइ छ ।

माओवादी पार्टीले जनताको मुद्दालाई फेरि पक्रन थालेकोले पनि जनताले अग्रगमनलाई रोज्ने हुँदा माओवादीलाई नै रोज्ने उहाँको दाबी छ ।

Leave a Reply