काठमाडाैं । पूर्वगृहमन्त्री डा. भीम रावलले विदेशी सेना नेपाल आउने बाटो सरकारले खोलिरहेको आरोप लगाउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेपाली नदीनालाबाट विद्युत उत्पादन गर्न विदेशीलाई दिने कानून बनाएको र सरकारले त्यसको सुरक्षा आफै गर्नु भन्ने कानून पारित गरेको भन्दै त्यसले विदेशी सेनालाई नेपाल भित्रिने बाटो खुलाएको आरोप लगाउनुभएकाे हाे।
पूर्वगृहमन्त्री रावलले विदेशी सेना आएपछि नेपालीलाई अब राम्रोसँग खान र बस्न नदिने बताउनुभयो । नागरिकता विधेयकमा अब नागरिकता लिन बाबुको नाम र ठेगाना नचाहिने व्यवस्था राखिएको भन्दै आपत्ति जनाउनुभयो ।
वंशजको नागरिकता भन्ने तर पिताको नाम र ठेगाना नै नचाहिने भएपछि कसरी वंशजको नागरिकता भयो ? भन्दै प्रश्न गर्नुभयो ।
पूर्वगृहमन्त्री रावलले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै भएका छोराछोरी खाडी पठाउने अनि छोराछोरी जन्माओ भन्ने ? भन्दै प्रश्न गर्नुभयो ।





