'मौलिक पर्व 'खीर खाने दिन' ले आपसी मित्रता र सद्भाव कायम गर्छ' | ईमाउण्टेन समाचार

Our Network

माघ १९ २०८२, सोमबार

‘मौलिक पर्व ‘खीर खाने दिन’ ले आपसी मित्रता र सद्भाव कायम गर्छ’

काठमाडौं । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले साउन १५ गते खीर खाने कार्यक्रम मात्र नभई सद्भाव बाँड्ने पर्व भएको बताउनुभएको छ । काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रमका उहाँले नेपालीहरुले खीर खाने र सद्भाव बाँड्ने गरेको बताउनुभएको हो ।

उपप्रधानमन्त्री सिंहले साउनमा खीर खाने पर्व नेपालीहरुको मौलिक पर्व भएको बताउनुभयो । यस्ता मौलिक पर्वले नेपालीहरुमा आपसी मित्रता र सद्भाव कायम गर्ने उहाँको भनाइ छ ।

उप्रधानमन्त्री सिंहले नेपाली कांग्रेसलाई व्यवस्थित गरेर अघि लैजानुपर्नेमा जोड दिनुभयो । कांग्रेसलाई विधि र नियमसम्मत् तरिकाले संस्थागत गरेर अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले कांग्रेसलाई चुनौतीको सामना गर्न सक्ने बनाउने बाहेक अरु कुनै उद्देश्य आफूमा नरहेको जिकिर गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस रामेछापका महाधिवेशन प्रतिनिधि भरत चौलागाईँले खीरले असारको हिलो र चिसोलाई हटाउँदै शरीरमा शितलता प्राप्त गर्ने बताउनुभयो । यस्ता चाडपर्वले भेटघाटमात्र नभइ भाइचारा र मित्रता बढेको उहाँको भनाइ छ ।

खीर खाने कार्यक्रम नेपाली काँग्रेस रामेछापको सुनापति गाउँपालिका–१ गुन्सी कार्यसमितिको आयोजनामा भएको हो ।

Leave a Reply