काठमाडाैं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रभावमा आधारित ‘विपद् पूर्वकार्य कार्यढाँचा’ बनाउने कार्य शुरु गरेको छ । प्राधिकरण विपद् व्यवस्थापनमा काम गरिरहेका संघसंस्था समेतको सहभागीतामा कार्यढाँचा बनाउने कार्यमा जुटेको हो ।
बिहीबार विपद् पूर्वकार्यढाँचा निर्माण सम्बन्धी कार्यशालाको उद्घाटन गर्दै प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले सरोकारवालाहरुको सल्लाह सुझावसहित आएको ‘पूर्वकार्य कार्याढाँचा’ माथि थप छलफल गरेर अन्तिम रुप दिने जानकारी दिनुभयो ।
प्राधिकरणका सहसचिव अर्जुनकुमार बमले सबैका लागि पूर्वसूचना प्रणालीअन्तर्गत पुनःस्थापना सम्मको काम गर्दै आएको भएपनि रियाक्टिभ एप्रोजका कामले क्षति न्युनिकरण हुन नसकेका कारण विपद्मा काम गर्ने सबैका लािग साझा कार्यढाँचा बनाउन लागिएको स्पष्ट पार्नुभयो । वपद् व्यवस्थापनका लागि चुनौति भएका स्थानहरुमा ए अप्रोजमा काम गर्न आवश्यक रहेकाले एकरुपताका लागि पूर्वकार्य कार्यढाँचा आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा प्राधिकरणका उपसचिव राजेन्द्र शर्माले कार्यक्रमको उदेश्यबारे प्रकाश पार्नुभएको थियो । कार्यशालामार्फत विपद् पुर्वानुमान पछि गरिने विपद् पूर्वकार्यमा एकरुपता ल्याउनका लािग प्राधिकरणले कार्यढाँचा बनाउन लागेको हो । अहिले पनि स्थानीय सरकार र सरोकारवालाहरुले विपद्को पूर्वसूचना आउने वित्तिकै माइकिङ गरे सर्वसाधरणलाई जानकारी गराउने, डुबानमा पर्नसक्ने जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने लगायत काम भईरहेको भएपनि स्पष्ट कार्यढाँचा नभएकाले विपद् पूर्वकार्य प्रभावकारी बन्न नसकेको अवस्थामा प्राधिकरणले साझा कार्यढाँचा बनाउन लागेको हो ।
तीन दिनसम्म विभिन्न नाैवटा मोडलमाथि छलफल गरी आवश्वयकताका आधारमा कार्यहरुलाई थपघट गरी नेपालका लागि उपयुक्त कार्यढाँचा बनाइने बताईएको छ । कार्यढाँचामा विपद् सर्तकता, खतरा, खतरामाथि के गर्ने भन्ने लगायत अवस्थामा गर्ने कार्य तय गरिनेछ । विभिन्न विपद्बाट हुने मानवीय क्षति र भौतिक क्षति न्यूनीकरण गर्ने उद्देश्य साथ विपद् पूर्वानुमान पछिको पूर्वतयारीको कार्यढाँचा बनाउन लागिएको हो ।
नेपालमा २००७ देखि नै एन्टिसिपेटरी एक्शनका कामहरु हुँदै आएको छ । सन् २०२१ पछि प्रभावमा आधारित पूर्वसूचना प्रणाली लगायतमा काम भएको पाइन्छ ।





