वर्तमान सरकारकाे विकल्प छैन : नेता सिटाैला | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८२, बुधवार

वर्तमान सरकारकाे विकल्प छैन : नेता सिटाैला

काठमाडाैं । नेपाली काँग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले अर्को सरकार बन्ने विकल्प नरहेको बताउनुभएको छ । सञ्चारकर्मीहरुसँग आईतवार काठमाडौंमा कुराकानी गर्दै उहाँले अहिले कुनै एक दलको बहुमत नरहेको र अर्को सरकार बन्ने परिस्थिति पनि नरहेकाे बताउनुभएकाे हाे ।

नेता सिटाैलाले वर्तमान सरकार एउटा जटिल परिस्थितिमा निर्माण भएको र काँग्रेस र एमालेबीच भएका सम्झौताअनुसार नै पूरा कार्यकाल सरकार चल्ने बताउनुभयो । सरकारले एक वर्षमा अपेक्षाअनुसार भने काम गर्न नसकेको उहाँकाे भनाइ छ ।

नेता सिटौलाले संविधान कार्यान्वयनको समीक्षा गर्ने र संशोधन गर्ने कुरामा सरकारले कार्यदल बनाएर अघि बढ्ने दाबी गर्नुभयाे।

Leave a Reply