नागरिकता विधेयकमा भएकाे व्यवस्थाप्रति पूर्वप्रधानमन्त्री खनालकाे आपत्ति | ईमाउण्टेन समाचार

Our Network

फागुन ११ २०८२, मंगलबार

नागरिकता विधेयकमा भएकाे व्यवस्थाप्रति पूर्वप्रधानमन्त्री खनालकाे आपत्ति

काठमाडाैं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) सम्मानित नेता झलनाथ खनालले नेपाल-भारतबीच सुपुर्दगी सन्धी हुन लागेको भन्दै सरकारको जवाफको माग गर्नुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाली समाजमा नेपालको राष्ट्रियतामाथि झनझन खतरा बढिरहेको बताउनुभएकाे हाे ।

उहाँले सुपुर्दगी सन्धी गरिरहँदा नेपालले भारत र चीनसँग सन्तुलन मिलाएर सुपुर्दगी सन्धी गर्न सकेन भने त्यसले नेपालको राष्ट्रियतामाथि अर्को हमला हुने जिकिर गर्नुभयो । यसबारे सबै देशभक्तहरु सचेत हुन जरुरी रहेको भन्दै उहाँले कोशी उच्चबाँध बाँधिने कुरा आइरहेको भन्दै यसबारे पनि सरकारले नागरिकहरुलाई जानकारी गराउनुपर्ने बताउनुभयो ।

यो नेपालको राष्ट्रिय हितमा गरिँदैछ की छैन भन्नेकुरा स्पष्ट पार्न जरुरी रहेको उहाँकाे भनाइ छ। उहाँले नेपालको राष्ट्रिय हितलाई ग्यारेन्टी गर्नेकुरालाई ध्यानमा राखेर मात्रै कुनैपनि ठूला उच्चबाँधहरु बाँधिनुपर्ने बताउनुभयो ।

सम्मानित नेता खनालले नागरिकता विधेयकमा कसैलाई नागरिकता दिनुपर्यो भने त्यो नागरिकको आमाको नाम भएपनि पुग्ने र बाबुको नाम नराखेपनि हुने भन्नेकुराको व्यवस्था गर्न लागिएको भन्दै आपत्ति जनाउनुभयो । यसको उद्देश्य उत्तरबाट लामो समयदेखि प्रवेश गरेर नेपालमा बसोवास गरिरहेका करिव ४० हजार मानिसलाई नागरिकता दिनु रहेको बताउनुभयो ।

Leave a Reply