कामठाडाैं । नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले यथार्थपरक भएर जनताको हित हुनेगरी संविधान संशोधन हुनुपर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनतको हितअनुसार संविधान संशोधन हुँदै जाने बताउनुभएकाे हाे ।
सासद सिटाैलाले अहिलेसम्मको संविधान कार्यान्वयनको समीक्षा गरेर संविधान संशोधन हुनुपर्ने बताउनुभयो । जनताको चाहना संविधानले सम्बोधन गर्न सक्नुपर्ने बताउनुभयो । संविधान कार्यान्वयनको समीक्षा गरेर आवश्यकता अनुसार संशोधन गर्ने कुरामा काँग्रेस र वर्तमान सरकार गम्भीर रहेको बताउनुभयो ।
सांसद सिटौलाले मधेस प्रदेश अहिले सुख्खाग्रस्त भएको र सरकारले जनताको हितमा व्यापक काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।





