काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संगठन (क्रान्तिकारी) ले उपत्यका विशेष प्रदेश समितिमा कार्यवाहक समिति गठन गरेको छ । संगठनले दिएको जानकारी अनुसार उपत्यका विशेष समितिको सम्मेलन हुन नसकेकाले कार्यवाहक समिति गठन गरेको हो ।
विद्यार्थी संगठनमा ३२ वर्षे उमेरहदका कारण सम्मेलन धेरै सदस्यहरु भाग लिन नपाउने अवस्था सिर्जना भएपछि समयमै सम्मेलन हुन नसकेको विज्ञप्तिमार्फत् जनाएको छ ।
कार्यवाहक समितिको जिम्मेबारी जनक ढुङ्गानालाई दिइएको छ । ढुङ्गाना २२औँ र २३औँ केन्द्रीय निर्वाचनमा उम्मेदवार नभएका सदस्य हुन् ।
ढुङ्गानालाई संगठनको नियमित सांगठानिक गतिविधि र कार्यक्रमहरुलाई अगाडि बढाउने जिम्मेवारी तोकिएको छ ।






