नेपाल लाइफ इन्स्योरेन्सको ‘राष्ट्रिय अवार्ड’ चापागाईंलाई | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८२, बिहीबार

नेपाल लाइफ इन्स्योरेन्सको ‘राष्ट्रिय अवार्ड’ चापागाईंलाई

काठमाडौं ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका बीमा अभिकर्ता जीवनप्रसाद चापागाईं ‘राष्ट्रिय अवार्ड’ बाट सम्मानित भएका छन् ।उनलाई नेपाल लाईफले दिने सबै भन्दा ठुलो अवार्ड सम्राट पदक दिने भएको छ ।

नवलपरासी जिल्लाबाट सबै भन्दा बढी ब्यवसाय गरि नवलपरासी जिल्ला प्रथम बर्दघाट शाखा कम्पनीमा प्रवेश गरे देखी नै उनी निरन्तर उत्कृष्ट  हुँदै आएका थिए । सबैभन्दा धैरै बीमितको बीमा गर्न सफल भएको आधारमा कम्पनीले चापागाईंलाई सम्मान गरेको हो । चापागाईं  नेपाल लाइफ इन्स्योरेन्सका सक्रिय अभिकर्ता रेगुलर MDRT  हुँदै  आएका  हुन् ।

चापागाईंले अनलाइनका माध्यमबाट पनि देशका ७७जिल्लाका नागरिकहरूको बीमा गराउँदै आएको छन् ।केहि दिनमा हुने कार्यक्रम काठमान्डौको होटल सोल्टीमा उनलाई नेपाल लाईफका सि इओ प्रविण रमण पराजुलीले सम्मान गर्ने भएका छन ।

चापागाईं सामाजिक अभियन्ता पनि हुन् ।बीमितको बीमा गराए बापत आएको शुल्कको निश्चित प्रतिशत रकम सामाजिक काममा पनि खर्च गर्दै आएको चापागाईं बताउँछन् ।

उनले अहिलेसम्म हजारौं संख्यामा मानिसहरूको बीमा गराइ सकेको बताए ।
‘मैले हजारौं मान्छेहरूको बीमा गराइसकेका छु, अहिले जीवन बीमा कुशल नागरिकभित्रको दाइत्व र अनिवार्य पनि बनी सकेका छ, आगामी दिनमा अभिकर्ता साथै सामाजिक कार्यलाई प्राथमिकता दिएर अगाडि बढ्ने छु,’ उनले भने ।

Leave a Reply