बिपी राजमार्गमा दैनिक १२ घण्टा सवारी सञ्चालनमा राेक | ईमाउण्टेन समाचार

Our Network

फागुन ८ २०८२, शनिबार

बिपी राजमार्गमा दैनिक १२ घण्टा सवारी सञ्चालनमा राेक

काठमाडाैं । बीपी राजमार्गअन्तर्गत काभ्रे–खण्डमा बुधबारदेखि रातको समयमा मा १२ घण्टा सवारी सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय धुलिखेलमा बसेको सुरक्षा समिति बैठकले काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म एक महिनाका लागि रातको समयमा १२ घण्टा सवारी सञ्चालनमा राेग लगाउने निर्णय गरेको हो ।

मनसुनको बेला सम्भावित जोखिम न्यूनीकरणका लागि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म एक महिना रातमा सवारी साधन चलाउन नदिने निर्णय भएको काभ्रे जिल्ला प्रशासनले जानकारी दिएको छ । यो अवधिमा काठमाडाैंबाट छुट्ने सवारी साधानलाई काभ्रेभञ्ज्याङ र काठमाडौ भित्रिने सवारी साधनलाई सिन्धुलीको सिमाना नेपालथोकमा रोकिनेछ ।

तत्कालका लागि यात्रुबाहक र निजी सवारी साधानलाई रोकिएको तर आकस्मिक र मालबाहक सवारी साधनको हकमा नियम लागू नहुने निर्णय भएको छ । गएको वर्ष असोजको बाढीपहिरोले बीपी राजमार्गअन्तर्गत काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको बर्खेखोलासम्मको आठ किलोमिटर सडकखण्डमा क्षति भएको थियो ।

पूर्वी नेपाल जोड्ने बीपी राजमार्गबाट दैनिक हजाराैँ सवारी साधन सञ्चालन भइरहेका छन्।

Leave a Reply