संसद्‌मा ज्ञानेन्द्र शाहीले भ्रष्टाचार गर्न नपाए ओली सरकारको मन्त्रिपरिषद्‌मा आउनू भनेपछि.... | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८२, शनिबार

संसद्‌मा ज्ञानेन्द्र शाहीले भ्रष्टाचार गर्न नपाए ओली सरकारको मन्त्रिपरिषद्‌मा आउनू भनेपछि….

काठमाडौं ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बोलेको कुरा हटाउन एमाले सचेतक सुनिता बरालले माग गरेकी छन् । सचेतक बरालले संसद् बैठकमा नियमापत्ति गर्दै शाहीको धारणा हटाउन माग गरेकी हुन् ।

शाहीले घुस प्रकरणको अडिओ सार्वजनिक भएका मन्त्रीको राजीनामाले मात्रै नपुग्ने भन्दै पक्राउ गरि छानबिन गर्न माग गरेका थिए । केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले भ्रष्टाचारीको संरक्षण गरेको आरोप लगाएका थिए ।

शाहीले भनेका थिए, ‘पहिले एउटा भनाइ थियो, ज्ञान नपाए काँशी जानू, न्याय नपाए गोरखा जानू । भ्रष्टाचार गर्न नपाए केपी ओली सरकारको मन्त्रिपरिषद्‌मा आउनू ।’
शाहीको उक्त भनाइमा नियमापत्ति जनाउँदै बरालले हटाउन माग गरेकी हुन् । बरालले प्रधानमन्त्रीमाथि तथ्यहीन आरोप लगाइएकाले रेकर्डबाट हटाउन माग गरेकी हुन् ।

समग्र सरकार र सरकारको नेतृत्वमाथि बदनाम गर्ने प्रयास भएको भन्दै उनले हटाउन माग गरे पनि सभामुख देवराज घिमिरेले सांसदहरूले उठाएका विषय र नियमापत्तिहरूप्रति आफ्नो ध्यानाकर्षण भएको बताए ।

Leave a Reply