विपद् व्यवस्थापनमा सरकार असफल | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८२, आइतबार

विपद् व्यवस्थापनमा सरकार असफल

अर्जुन धामी
काठमाडौं । यस वर्षको मनसुन शुरु भएदेखि देशभर चार सय १६ वटा मनसुनजन्य घटना भएका छन् । ती घटनाहरुमा परि २७ जनाले ज्यान गुमाउँदा ९५ जना घाइते र २४ जना वेपत्ता भएको सरकारी तथ्याङ्क छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा ल्याए पनि विपदको व्यवस्थापन गर्न भने सरकार असफल नै देखिएको छ ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई विपद् जोखिम व्यवस्थापन र न्यूनीकरण गर्ने जिम्मेवारी छ । यसै अनुरुप प्राधिकरणले मनसुनजन्य विपद व्यवस्थापन तथा क्षति न्यूनीकरणका लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना योजना बनाएको छ । प्राधिकरणका अनुसार, यस वर्षको मनसुन शुरु भएदेखि अर्थात जेठ १५ गतेदेखि असार २७ गतेसम्म मात्रै देशभर चार सय १६ वटा मनसुनजन्य घटना भएका छन् । यी घटनाहरूबाट नाै सय ७७ परिवार प्रभावित भएका छन् । २७ जनाले ज्यान गुमाए भने ९५ जना घाइते हुँदा २४ जना जना बेपत्ता भएको सरकारी तथ्याङ्क छ ।

प्राधिकरणकै गत वर्षको तथ्याङ्क अनुसार मनसुनको पहिलो एक महिनामा देशभर ६ सय ८२ घटनाबाट एक हजार दुई सय बढी परिवार प्रभावित भएको उल्लेख छ । समीक्षा अवधीमा गत वर्ष ६९ जनाको मृत्यु हुँदा ८९ जना घाइते र चार जना बेपत्ता भएका थिए । मानव जीवन र जीविकोपार्जन निरन्तर जोखिममा रहेको अवस्थामा सरकारले जनतालाई प्रकृतिको अक्षम्य शक्तिबाट जोगाउन साहसिक र प्रभावकारी कदम चाल्न सकेको छैन। तर पनि विपद्ले निम्त्याउने क्षति कम गर्नका गम्भीर भएको दाबी गर्छ ।

यस वर्षको मनसुन अवधिमा पनि सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण गरिएको छ । जसका कारण यस वर्ष मनसुनको अवधिमा पहिरो तथा बाढीको जोखिमका साथै धनजनको क्षति र विपद्का घटनाहरू अझै बढी हुने देखिन्छन् । यसतर्फ ध्यान दिँदै तीन तहकै सरकारले विपद व्यवस्थापन, क्षति न्यूनीकरणका साथै राहत तथा उद्धार कार्यका लागि थप तयारी अवस्थामा रहनुपर्ने देखिएको छ । यस्तै, संघ, प्रदेश र स्थानीय सरकारले मनसुनको बेलामा हुने सम्भावित क्षति न्यूनीकरण र विपद् पछिको आवश्यकताहरूको जवाफ दिने जिम्मेवारी राख्नु जरुरी देखिन्छ ।

Leave a Reply